5-reasons-your-cv-design-is-important
Government Jobs (नेपाल खाद्य संस्थान) 01 Feb 2019

आवश्यक न्यूनतम शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उतिर्ण

परीक्षाको किसिम: लिखित, प्रयाेगात्मक/ सिप परिक्षण तथा अन्तरवार्ता

परीक्षा केन्द्र: काठमाण्डौं ।

काम गर्नुपर्ने स्थानः उपत्यका वाहिर

परिक्षणकाल:  संस्थानको विनियमावली अनुसार हुनेछ ।

दरखास्त फारमः संस्थानकाे वेभसाइट www.nfc.com.np बाट डाउनलाेड गरी प्राप्त गर्न सकिनेछ

कामको किसिम: नियूक्ति पत्रमा तोके बमोजिम हुनेछ । 

दरखास्त फारम पाउने तथा वुझाउने स्थानः संस्थानको प्रधान कार्यलय, भद्रकाली प्लाजा, काठमाण्डाैं।

अावेदन दरखास्त फारम तथा परिक्षा दस्तुर:  रु १०५० 

समावेशी प्रत्येक समूहकाे थप दस्तुरः रू ४००

परीक्षा दस्तुर तथा फाराम दस्तुर बुझाउने बैंकः राष्ट्रिय वाणिज्य बैंक, सिहंदरवार शाखा खाता नं. ११३००००९१३०१

दरखास्त दिने अन्तिम मितिः  सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) (मिति २०७५/ १०/ ४ देखि मिति २०७५/ १०/ २४सम्म ) दिन र दोव्वर दस्तुर तिरी अर्को ७ (सात) दिन भित्र दरखास्त बुझाउन सकिनेछ

सम्पर्क मितिः २०७५/ ११/ १०

तलब तथा अन्य सुविधाः संस्थानको विनियमावली अनुसार हुनेछ

पाठ्यक्रमः सवै तहकाे पाठ्यक्रम संस्थानकाे वेबसाइट www.nfc.com.np मा राखिएकाे छ

Applying Procedure

समावेशी  तर्फका उम्मेदवाहरुले पेश गर्नु पर्ने कागजातहरूः 

समावेशी समूहतर्फका पदहरुमा दरखास्त दिन चाहने उम्मेदवाहरुले दरखास्त दिने समयमा देहायअनुसारका कागजातहरु तयार गरी दरखास्त दिनुपर्दछ । लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैंले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ। उल्लेखित कागजातहरु दरखास्त दिने समयमा नै उम्मेदवारसंग रहेकाे नभएमा जुनसुकै समय रद्द हुन सक्नेछ।

क) आदिवासी/ जनजातिका हकमा नेपाल आदिवासी/ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको सूचिको आधारमा। तर सूचिकृत भएको जाती भित्र एक भन्दा वढी थर भएमा सम्वन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाती भित्रको थर पनि प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्ने छ ।

ख) दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचिको आधारमा र सो सूचिकृत भएको जाती भित्र एक भन्दा बढी थरहरु भएमा सम्वन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाती भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्ने छ ।

ग) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तह/ निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्ने छ ।

घ) अपाङ्गका हकमा समाज कल्याण परिषदबाट जारि भएकाे अपाङ्गता प्रमाणपत्र पेश गर्नु पर्ने छ ।

ङ) पिछडिएको क्षेत्रका हकमा विनियमावलीकाे उपविनियम (५) काे स्पस्टिकरणकाे १ मा उल्लेख भएका जिल्लामा स्थायी वसोवास उल्लेख गरि सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानिय तहबाट हाल सोही स्थानमा स्थायी वसोवास भएको भनि प्रमाणित गरेको कागजात दरखास्त फारम भर्ने दिन भन्दा ३ महिनासम्मकाे सिफारिसकाे आधारमा ।

च) स्थायी बसाेबास भएकाे जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएकाे भएकाे जारि गर्ने जिल्ला प्रशासन कार्यालयबाट साे गर्नु पर्नाकाे कारण उल्लेख भएकाे पत्र पेश गर्नु पर्ने छ। 

द्रस्टब्यः

क) दरखास्त साथ शैक्षिक योग्यताको प्रमाणपत्रहरु (लवधाङ्क पत्र तथा चारित्रीक प्रमाणपत्र) अनुभव तथा नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि र परीक्षा दस्तुर बुझाएको सक्कल बैकं भैचर/ नगदी रसिद पेश गर्नु पर्नेछ । प्रमाणपत्रका प्रतिलिपिहरुमा उमेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठिक छ भनि दस्तखत गर्नु पर्नेछ ।

ख) उमेरको हदः  दरखास्त दिने अन्तिम मिति सम्मः बरिष्ठ अधिकृत तह ७ काे  स्तरको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको । (२) अधिकृत स्तर तह ६ काे लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । सहायक स्तर तहकाे लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।  तर महिला तथा अपाङ्गता भएका उमेदवारको हकमा ४० वर्ष ननाघेको ।

ग) दोव्वर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, तालिम तथा अनुभव प्रयोजनको लागि गणना गरिने छैन ।

घ) उम्मेदवार हुन भविष्यमा सेवाको लागि अयोग्य ठहरिने गरि सरकारी वा कुनै संगठित संस्थानको नोकरीबाट हटाइएको, नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएको र गैर नेपाली नागरिक हुनु हुदैन ।

ङ)  विज्ञापन अनुसार प्रत्येक पदको लागि दरखास्त फारम छुट्टा छुट्टै हुनु पर्ने छ ।

च) म्याद नाघी वा रित नपुगी प्राप्त भएका दरखास्त उपर कुनै कारवाही गरिने छैन


Comments

No Comments

Leave a comment